Logo

सन्दीपको बलिङ बरियता खस्कियो



लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । 

नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उहाँ ७९ औँ स्थानमा रहनुभएको थियो । हाल क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेल्ने क्रममा उहाँ ट्रिनिडाड एण्ड टोबागोमा रहनुभएको छ । उहाँले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गर्नुभएको थियो । 

यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहनुभएको छ । दुवै जना हाल सीपीएल खेलिरहनुभएको छ । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेल्नुभएको थियो । यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै  एडम जाम्पा पाँचौं स्थानमा रहनुभएको छ । 

यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहनुभएको छ । उहाँको ४००  रेटिङ अङक छ । इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा रहनुभएको छ । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहनुभएको छ । 

यस्तै टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ । शीर्ष बरियतामा भने अस्ट्रेलिया छ । बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् । रासस 

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ६ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।