Logo

विवादित भारतीय पत्रकार गोस्वामी पक्राउ 



काठमाडौं । भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । 

विवादित पत्रकार गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको बताएको छ ।

गोस्वामीले प्रहरीले उनकी श्रीमती, छोरा र सासुससुरामाथि हातपात गरेको आरोप लगाएका छन् ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार