Logo

धाम क्षेत्रको निर्माण काम ४० प्रतिशत सकियो



तारकेश्वर धाम क्षेत्रमा निर्माणको ४० प्रतिशत काम सकिएको छ । निर्माणका लागि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत विसं २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई काठमाडौँ महानगरपालिकाले रु एक करोड अनुदान रकम उपलब्ध गराएको थियो । कामपाले दिएको रु एक करोड र तारकेश्वरले नगरपालिकाबाट रु एक करोड थप गरेर निर्माणको काम थालिएको हो ।

कामपाले जिल्लाका सबै नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र उद्यान निर्माणका लागि रु एक÷एक करोड उपलब्ध गराएको थियो । चारैतिर सार्वजनिक जङ्गल रहेको भूभागको बीचको करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिँढी, सन्तमहन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेशद्वार निर्माणलगायत काम भइरहेका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी  मङ्गलबार तारकेश्वर धाम क्षेत्रमा निर्माणको अवस्था बुझ्न पुगेका थिए। स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले निर्धारण गरिएको समयमा नै निर्माणको काम सम्पन्न गरे आवश्यक पर्ने थप सहयोग गर्न कामपा तयार रहेको बताए ।

तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोराले कामपाले उपलब्ध गराएको सहयोगले तारकेश्वर धामलाई पर्यटकीय गन्तव्य बनाइने बताए । बालाजु वाइपासबाट करिब १५ किलोमिटर दूरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदलयात्रापछि धाम क्षेत्रमा पुगिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।