Logo

अस्ट्रेलियन क्रिकेटर शेन वाटसनले लिगे सबैखाले क्रिकेटबाट सन्यास



अस्ट्रेलियाका अलराउन्डर सेन वाट्सनले सबै किसिमको क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । २० वर्ष लामो  क्रिकेट जीबनबाट विश्राम लिएको वाट्सनले मंगलबार आफ्नो टि्वटरमार्फत जानकारी दिएका छन् । 

सन् २०१६ मा वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट सन्न्यासको  घोषणा गरेका छन् । 

गत वर्ष उनले अस्ट्रेलियामै आयोजना भएको बिग बासबाट पनि सन्न्यास लिएका थिए । उनको सन्न्याससँगै चेन्नई सुपर किंग्सले ठूलो क्षति व्यहोरेको छ । यद्यपि यसपटकको १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा वाट्सनको प्रदर्शन सम्झन लायक भएन। गत अक्टोबर २९ को दिन कोलकाता नाइट राइडर्सविरुद्धको खेल नै उनको अन्तिम टी–२० फ्रेन्चाइज खेल रह्यो । 

आफ्नो अन्तिम आइपीएल लिगमा उनले कोलकाताविरुद्ध १४ रन मात्र जोड्न सके । ‘वाट्सनले पाँच वर्षको उमेरदेखि नै क्रिकेट खेलेका थिए । त्यसैताका उनले आफ्नी आमालाई भविष्यमा अस्ट्रेलियन क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्ने बताएका थिए र तेस्मा उनि सफल पनि भएका थिए  । 
जादा जादै उनि भन्छन्, ‘मेरो क्रिकेट करिअर पाँच वर्षको हुँदादेखि नै सुरु भएको थियो, जब म बच्चामा टेस्ट खेल हेर्दै आमालाई भन्ने गर्थे, एक दिन म अस्ट्रेलियाको जर्सीमा देखिनेछु र त्यो सपना पूरा गर्नेछु ।’ आधिकारिक रूपमै क्रिकेट छाड्दा दुःख र खुशी दुवै लागेको उनको भनाइ छ ।

‘आधिकारिक रूपमा मैले आजबाट सबै किसिमको क्रिकेटबाट बिदा लिएको छु, यो निर्णय पागलपन हो, कसैलाई पनि खेल छाड्न मन लाग्दैन,’ भावुक हुँदै उनले भने, ‘अस्ट्रेलियन टोलीबाट खेल्नु पाउनु मेरो भाग्य हो, मैले बाल्यकालमा देखेको सपना पूरा गर्न पाएँ, त्यो नै सबैभन्दा खुसीको क्षण हो ।’र सबैलाई धन्यवाद दिन चाहेको थपे। 

उनले चेन्नईमा रही प्रतिस्पर्धा गरेको हरेक क्षण स्मरणीय भएको बताए । चेन्नईले राम्रो र नराम्रो फर्ममा रहँदा पनि आफूमाथि विश्वास गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘पछिल्लो तीन वर्षमा चेन्नईले ममाथि धेरै विश्वास गऱ्याे, यद्यपि राम्रो र नराम्रो हुँदा पनि सधैँ मेरो साथ नै थियो, सन्न्यास लिनुपर्ने समय आएको थियो, अनि मैले यो निर्यण लिएको छु ।’ 

अन्तर्राष्ट्रिय क्रिकेटमा वाट्सनलाई एक बलिया अलराउन्डरका रूपमा लिने गरिन्छ । चाहे टेस्ट होस् या एकदिवसीय किन नहोस् उनले आफूलाई सधैँ अगाडि नै राखेका छन् । टेस्टमा उनले ओपनिङ गर्दै तीन हजार सात सय ३१ रन बनाएका छन् । उनले यसक्रममा चारपटक शतकीय इनिङ्स खेलेका छन् । 

टेस्टमा उनले तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् । समग्रमा उनले टेस्टमा ७५ विकेट आफ्नो नाममा लेखाए । सेतो बलमा खेलिने एकदिवसीय खेलमा वाट्सन डरलाग्दा अलराउन्ड  हुन् । उनले यसमा ठुलो सफलता हासिल गरेका छन् । एकदिवसीयमा ४०.५४ को औसतमा पाँच हजार सात सय ५७ रन उनले बताएका छन् । 

शेन वाट्सनले अस्ट्रेलियन टोलीबाट दुईपटक एकदिवसीय विश्वकप उपाधि उचालेका छन् । सन् २०१५ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप उपाधि उचाल्दा वाट्सन नै टोलीका मुख्य खेलाडी थिए । सन् २००७ मा उनी पहिलोपटक विश्व च्याम्पियन बनेका थिए । २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा उनी म्यान अफ दी म्याच भएका थिए । 

टी–२० खेलमा उनले एक हजार चार सय ६२ रन जोडेका छन् । साथै उनले ४८ विकेट हात पारेका छन् । सन् २०१२ को श्रीलंकामा सम्पन्न टी–२० विश्वकपमा उनी म्यान अफ दी सिरिज भएका थिए । सो विश्वकपमा वाट्सनले २४९ रन बनाउँदा एक सय ५० को स्ट्राइक राखेका थिए । सो विश्वकपमा उनी ११ विकेटका साथ सर्वाधिक विकेट लिने पंक्तिमा दोस्रो स्थानमा रहे ।

आइपीएलको पहिलो सिजनमै उनी म्यान अफ दी सिरिज भएका थिए । २००८ को पहिलो संस्करणको आइपीएल सिजनमा उनी राजस्थान रोयल्ससँग आबद्ध भएका थिए । राजस्थानले पहिलो संस्करणको आइपी एल जित्दा वाट्सनले चार सय ७२ रन बनेका थिए । साथै त्यसबेला उनले १७ विकेट पनि हात पारे ।

राजस्थानबाट आइपीएल सुरु गरेका उनी रोयल्स च्यालेन्जर्स बेंग्लोरमा हुदै, पछिल्लो दुई सिजनदेखि उनी चेन्नई सुपर किंग्समै रहेका छन् ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार