Logo

प्रमुख समाचार

महिला लघुवित्तको साधारण सभा आज बस्दै



काठमाडौं- महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ। सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ।

आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  ९ : २३ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।