Logo

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर



काठमाडौं- अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

गएराती सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

दोस्रो लिगमा अल नासरले ३-२ को नतिजा निकालेसँगै पहिलो लिगमा १-० ले हारेको आधारमा खेल ३-३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल ४-३ ले सकियो र समग्रमा खेल ४-४ ले बराबरी भयो।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३-१ ले हार्न पुग्यो।

यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०६:४८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।