Logo

समाचार

साहित्यकार प्रकट पङ्गेनीको निधन



पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

पङ्गेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिँनौ’ जस्ता गीत चर्चित छन् । 

उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १७:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।