Logo

प्रमुख समाचार

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने



मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ ।

फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।

अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ। यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।

याे फिल्म आउँदाे अगष्ट १५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १२:४१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।