Logo

सुनको मूल्यमा सामान्य गिरावट



सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार