Logo

आइपीएल: दिल्ली र मुम्वई भिड्दै



निर्मल लामिछाने। 

इण्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आज बिहिबारबाट प्लेअफ़का खेलहरु सुरु हुदैँ छन् ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र मुम्बई इण्डियनले आज पहिलो क्वालिफायरमा आफ्नो खेल खेल्दै छन् । यद्धपि सन्दीपले आजसम्म कुनैपनि खेलमा खेल्न भने पाएका छैनन् । आजको गेममा पनि खेल्न पाउने सम्भावना निकै कम रहेको छ । 

नेपाली समय अनुसार आज राति ७:४५ मा हुने खेलमा दुवै टोलि आफ्नो जितको खोजीमा हुनेछन्, भने आज बिजेता हुने टीम सिधै फाइनल यात्रा तय गर्ने छ भने हार्ने टीमले पुन अर्को मौका पाउनेछ, जुन हैदरबाद र बेंगलोरको बिजेतासँग खेल्ने छ । अङ्क तालिकाको  पहिलो र दोस्रो मा रहेको टीम बीच प्रतिस्पर्धा हुने लागेको हो । 

दिल्लीले १४ खेलबाट ८ मा जित र मुम्बई ले समान खेलबाट ९ मा जित हात पारेका थिए । यस अघि भएको समुह चरणको दुवै खेलमा मुम्बई इण्डियन बिजयी भएको थियो । 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।