Logo

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार



भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवालका अनुसार ती वृद्धा महिला साँझ घरबाहिर दुध ल्याउने मान्छेलाई पर्खिरहेकी थिइन् । सोही समयमा एउटा मानिसले उसलाई भन्यो, जो दिनहुँ दुध दिन आउँदछ ऊ आउँदैन र म अर्को ठाउँमा लगिदिन्छु जहाँबाट दूध पाउन सकिन्छ। ती वृद्धा महिलाले त्यो पुरुषमाथि भरोसा गरिन र गइन् । ती पुरुषले वृद्धालाई नजिकैको फार्ममा लगे र उनलाई बलात्कार गरे।

उनी रोइन् र रिहाइको लागि बिन्ती गरिरहेकी छन् तर त्यो व्यक्तिले उसको कुरा सुनेन।उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि । त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए । स्वाति मालीवाल मंगलबार पीडितको घरमा गइन्, उनले भनिन्, उनको घरमा पुगेपछिको दृश्यले झन् निराशा र मन कुड्यायो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालीवालले आरोपितलाई फाँसीको माग गरेकी छिन्। उनले भनिन्म, ‘दिल्ली उच्च न्यायालय र एलजीलाई चीफ जस्टिसलाई पत्र लेख्दै छु कि यस मुद्दाको द्रुत ट्र्याक अदालतमा सुनुवाई होस् र आरोपीलाई छ महिना भित्र फाँसी दिइनेछ।’ एजेन्सीको सहयोगमा

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ८ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।