Logo

समाज

‘यशस्वी पुरस्कार’का लागि पुस्तक आह्वान



काठमाडाैं । यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरेको छ। प्रतिष्ठानद्वारा शुक्रबार सार्वजनिक प्रेस विज्ञप्ति मार्फत पुस्तक आह्वान गरेको हो।

०८० साल चैत्र मसान्तभित्र नेपाल तथा नेपाल बाहिरबाट प्रकाशित नेपाली भाषा तथा नेपाली लेखकले लेखेका अंग्रेजी भाषाका पुस्तकहरू तीन प्रति ०८१ असार २१ गते शुक्रबारसम्म यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालयमा पुर्याउन अनुरोध गरेको छ।

यसरी सहभागी पुस्तकहरुमध्ये आख्यान, गैरआख्यान, काव्य, इतिहास/संस्कृति/अनुसन्धान र अनुवाद/विविध विधाका पाँच उत्कृष्ट पुस्तकहरूलाई पुरस्कृत गरिने छ। ०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौँ कलिङ–साहित्य महोत्सवमा पुरष्कृत पुस्तकले जनही २० हजारसहित सम्मानपत्र प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १५:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।