Logo

आईपीएलमा आज दोस्रो एलिमिनेटर खेलमा हैदरावाद र बैंगलोरबीच प्रतिस्पर्धा हुने 



इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज प्लेअफअन्तर्गतको दोस्रो एलिमिनेटर खेल हुँदैछ । जसअन्तरगत लिग चरणमा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदरावाद र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा गर्दैछ ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार राति ७ः४५ सुरु हुनेछ । यस खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली बाहिरिने छ । यसअघि दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भइसकेको छ । 

लिग चरणमा उतारचढावपूर्ण प्रदर्शन गरेको हैदरावाद र बैंगलोरले समान ७ खेल जित्दा ७ खेलमा पराजित भएको थियो । लिगमा उत्कृष्ट सुरुवात गरे पनि बैंगलोरले पछिल्ला खेलहरुमा संघर्ष गरेको छ । अर्को तर्फ हैदरावादले भने अन्तिम ३ खेलमा शीर्ष टिमहरु बैंगलोर दिल् ली र मुम्बईलाई पराजित गरेको थियो ।

समूह चरणमा यी दुई टोलीले एक आपसमा २ खेल खेल्दा १÷१ खेल जितेका थिए  । हैदरावादको नेतृत्व  अष्ट्रेलिया खेलाडी डेविड वार्नर र बैंगलोरको नेतृत्व भारतीय कप्तान विराट कोहलीले गर्नेतछ । दोस्रो क्वालिफायरको विजेता र मुम्बईबीच आगामी मंगलबार फाइनल खेल हुनेछ । लिगको अन्तिम खेलमा मुम्बईलाई हराउनैपर्ने खेलमा हैदरावादले १० विकेटको जित हात पारेको थियो । हैदरावादले लिगको पछिल्लो ५ मध्ये ४ खेल जितेको थियो । बैंगलोरले भने लिगको पछिल्लो चार खेलमा हार बेहोरेको थियो ।

 

 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार