महिलाको सुन्दरतामा उनीहरूले लगाउने लिपिस्टिकले पनि महत्व राख्दछ । अधिकाशं महिलाहरू सुन्दर ओठका लागी बिभिन्न प्रकारका लिपिस्टिक लगाउने गर्दछन् ।
आजकल बजारमा प्रशस्त मात्रामा लिक्विड लिपिस्टिक पाइने भएकाले महिलाहरू यस प्रकारको लिपिस्टिकको पनि अधिकतम प्रयोग गर्दछन् । ठोस लिपिस्टिकको तुलनामा तरल लिपिस्टिक गाढा रंग र धेरै समय टिक्ने भएकाले यस प्रति महिलाको रुची बढेको हो । तर तरल लिपिस्टिक लगाउँदा निम्न कुरामा भने ध्यान पुर्याउन आवश्यक हुन्छ ।
१ :तरल लिपिस्टिक लगाउँदा छिटो वा केहि सेकेण्ड भित्र लगाउँनु हुदैन । यसका लागी प्रशस्त समय छुट्याएर विस्तारै लगाउनु पर्दछ ।
२: यस प्रकारको लिपिस्टिक ठोस लिपिस्टिकको तुलनामा चहकिलो हुने भएकाले सोहि अनुसारको अनुहारमा मेकअप गर्नुपर्छ । अर्थात अनुहारमा फाउनडेसन र ब्लस लगाउन जरुरी हुन्छ ।
३: तरल लिपिस्टिकलाई पटक पटक एक माथि अर्को लगाउनु हुदैन । अर्थात यो लिपिस्टिक एकपल्ट लगाउँदा नै पुग्छ । यसलाई पटक पटक थपिरहनु हुदैन । यदि पुनः लगाउने आवश्यकता भएमा पहिले लगाएको लिपिस्टिक हटाउनुपर्छ । अन्यथा अस्वाभाविक देखिन्छ ।
४: यदि सुख्खा ओठ छ भने तरल लिपिस्टिक लगाउँदा ओठमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । साथै लिपिस्टिक हटाएपछि पनि ओठमा चिल्लो पार्न लिप बाम लगाउनु पर्दछ ।
प्रतिक्रिया