Logo

राजनीति

नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुमा कोरोना सङ्क्रमण



नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको कोरोना परीक्षणमा ६ जना केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार किरण यादव, सुजाता परियार, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, नसिरसिद्धिकी र कृष्ण किशोर घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको हो।
 
शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। उनका अनुसार रिपोर्टमा केन्द्रीय सदस्यहरुसँगै शीर्ष एक नेताको सुरक्षामा  खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

 

 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार