Logo

समाचार

अमेरिकी निर्वाचनको अन्तिम नतिजा आउँदै



गत नोभेम्बर ३ मा भएको अमेरिकी निर्वाचनको अन्तिम मतगणना कहिले आउँछ भनेर यतिबेला विश्‍वको ध्यान केन्द्रित भएको छ । ४४ राज्यहरुमा मतगणना सकिएको भए पनि मुख्य ठुला ६ वटा राज्यहरुको मतगणना जारी रहेको  छ । 

हालसम्मको नतिजामा डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत र सत्तारुढ रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेज मत भएको अमेरिकामा २७० इलेक्टोरल कलेज मत प्राप्त गरे विजयी हुने प्रावधान रहेको छ । 
मतगणना जारी रहेको जर्जिया शहरमा दुबै उमेदवारको बीचमा कडा प्रतिष्पर्धा भइरहेको छ । यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् । मतगणना स्थलमा रहेका निर्वाचन अधिकारीका अनुसार शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरेका छन् । 
त्यसैगरी नेवाडा राज्यमा बाइडेन ११ हजार मतले अघि रहेका छन् । नेवाडामा ८९ प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ । 

यता पेन्सलभानिया भन्ने शहरमा भने ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको छ । 

एरिजोनामा पनि ट्रम्पले अग्रता लिएका छन् । यसअघि बाइडेनको अग्रता भएको एरिजोनामा अहिले ट्रम्पले सात हजारले मतले अग्रता लिएका छन् । 

अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी भैरहेको छ । दुबै राज्यमा ट्रम्पको अग्रता रहेको छ । तर, ट्रम्प पुन:निर्वाचित हुने सम्भावना खुम्चिँदै गएको छ भने बाइडेन जित नजिक पुगेका छन् । 

केहि अघि ट्रम्पले आफु हार नजिक पुगेपछि उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत आग्रह गरेका थिए । – बीबीसी

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।