Logo

युरोजको अर्थतन्त्र मन्दीको बाटोमा 



गत महिना युरोजोनको आर्थिक सुधार रोकिएको आईएचएस मार्किटको नयाँ सर्भेले देखाएको छ । कोभिडको दोस्रो लहर र सम्बन्धित प्रतिबन्धका कारण आर्थिक सुधारमा रोकावट आएको हो ।

एचएस मार्किटको अन्तिम कम्पोजिट पर्चेजिङ मेनेजर्स सूचक गत महिना सेप्टेम्बरको ५०.४ बाट ५०.० मा झरेको थियो । सेवा क्षेत्रको पीएमआई मेदेखिकै न्यून अर्थात् ४८.० बाट ४६.९ मा झरेको थियो । उक्त समयमा युरोपभरी भाइरसको पहिलो लहर आएको थियो । यी सबैले १९ मुलुकको ब्लकमा दोहोरो अवस्थाको मन्दी आउने संकेत गरेको छ ।
“उपभोगका क्षेत्रहरु जस्तै हस्पिटालिटी जस्ता क्षेत्रको कमजोरीका कारण सेवा प्रदायकहरु नराम्ररी प्रभावित भएका छन्,” आईएचएस मार्किटका प्रमुख बिजनेस अर्थशास्त्रीा क्रिश विलियमसनले बताए ।
“लकडाउन नीतिहरु कसिलो भएका छन् । युरोजोनको अर्थतन्त्र कसरी ओरोलो लाग्नबाट जोगिन्छ भन्ने विषय नियाल्न मुश्किल भएको छ । सबै मुलुकका लागि परिदृश्य खराब भएको छ,” उनले बताए ।
आधिकारिक तथ्यांकका अनुसार युरोजोनको अर्थतन्त्र दोस्रो त्रैमासमा ११.८ प्रतिशतले घटेको छ । –कारोबार 

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ४ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।