Logo

हास्यकलाकार मनोज गजुरेल संक्रमणका कारण आईसीयूमा सिकिस्त हुँदा पूर्वपत्नी मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु



 हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त रहेका बेला पूर्व पत्नी मीना ढकाले पत्र लेखेकी छन् । जुरेलको अवस्था गम्भीर भएपछि आज बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल आइसीयूमा राखेर उपचार भइरहेको बेला उनलाई पूर्व पत्नी मीनाले फेशबूक मार्फत मायाँरुपी शब्दहरु खर्चिदै पत्र लेखेकी हुन् ।

लोकप्रीय हास्य कलाकारका रुपमा स्थापीत गजुरेललाई उनका धेरै सुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । गजुरेलको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी नआएपनि शुक्रबार बिहानकाे जानकारी अनुसार उनको आइसीयूमै उपचार भइरहेको छ । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था बुधबारबाट गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बताएको छ ।

यसैबीच उनको पूर्बपत्नी मीना ढकालले लेखेको स्टाटस यस प्रकार छ –

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसीयु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन ।

छोराछोरी तिम्रो प्रति़क्षामा छन… तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ ।

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी ११

123725209_655783035300292_2897006470363767613_n.png

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।