Logo

कर्पोरेट फोकस

सुनको मूल्यको उकालो यात्रा, आजपनि बढ्यो



नेपाली बजारमा केही समययता सुनको मूल्य उकालो यात्रा तय गरिरहेको छ । यसै क्रममा आज (बिहीबार) पनि छापावाला सुनको मूल्यमा प्रतितोला ४ सयले बढेको छ । अघिल्लो दिन ९६ हजार ४ सयमा कोरोबार भएको सुनको मूल्य आज ९६ हजार ८ सय कायम भएको छ । 

त्यसरी नै तेजावी सुनको मूल्यमा पनि वृद्धि भएकोे छ । अघिल्लो दिन ९५ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९६ हजार ३ सय कायम भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । अघिल्लो दिन चाँदिको प्रतितोला १ हजार ३ सय १५ कायम भएको थियो । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार