नेपाल र भारतबीच जारी सीमा विवाद समाधान गर्न नेपालले औपचारिक वार्ताका लागि एक वर्षदेखि गरिरहेको प्रयास अझै सफल हुन सकेको छैन । गत वर्ष नोेभेम्बर २ मा भारतले नेपालको भूभागसमेत राखेर नयाँ नक्सा जारी ग¥यो । त्यसपछि गत जेठमा नेपाली भूमिमा सडक निर्माण गरी उद्घाटनसमेत ग-यो । यसले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखियो, सँगसँगै नेपालले पनि नयाँ नक्सा जारी गर्नुपर्ने अवस्था उत्पन्न भयो ।
यसबीचमा नेपालले सीमा विवाद समाधानका लागि भारतसँग पटकपटक गरेका औपचारिक वार्ता प्रस्ताव भारतले कोभिड महामारीको कारण देखाउँदै पन्छाउँदै आएको छ । जबकि कोरोनाकै बीचमा केही दिनअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता भेटेर फर्किसकेका छन् । हालै भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवाणे पनि नेपाल आई महत्वपूर्ण भेटघाट र छलफल गरेर फर्किएका छन् ।
नेपालसँग कोरोनाको कारण देखाउँदै वार्ताका लागि ढिलासुस्ती गरे पनि भारतले कूटनीतिक वार्ता तथा उच्चस्तरीय भेटघाट रोकेको छैन । केही समयअघि भारतका रक्षामन्त्री तथा विदेशमन्त्रीले फ्रान्सलगायतका मुलुकको भ्रमण गरिसकेका छन् । चीनलगायतका मुलुकसँगको कूटनीतिक तथा औपचारिक वार्ता पनि चलिरहेका छन् । तर नेपालको हकमा त्यस्तो हुन सकिरहेको छैन । याे खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया