Logo

नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोगको दावी भुक्तानी 



काठमाडौँ नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दावी भुक्तानी गरिएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम रु. ५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

बीमित राईले २०१९–०४–१० मा ५० बर्षको उमेर घातक रोग रु.५ लाखको बीमा गरे वापत बार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए । 

वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटिमा ल्बकयउजबचथलह को क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए । 

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ५ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।