Logo

चट्याङ लागेर मृत्यु



ताराखोला गाउँपालिका-३ सिलमारे बस्ने २२ वर्षीय भिम बहादुर बस्नेतको चट्याङ् लागेर बुधबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक चट्याङ पर्दा चोट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।