बंगलादेश टी २० का कप्तान महमूदुल्लाहलाई कोरोना (कोभिड-१९) पोजेटिभ रहेको पाइएको छ । स्थानीय मिडियाका अनुसार उनी पाकिस्तान सुपर लीग (PSL) प्ले अफमा खेल्न बाट बन्चित भएका छन् ।
३४ बर्षे अनुभवी अलराउण्डर महमूदुल्लाह आइतबार राती दुबई हुँदै पाकिस्तानको यात्रामा जाने क्रममा थिए तर कोरोना भाइरस पोजेटिभ भएपछि उनी आइसोलेसनमा बसेका छन् ।
यस्तै उता नोभेम्बर २१/२२ देखि सुरु हुन लागेको बंगबंधु टी २० कपमा पनि शंकास्पद रहेको छ । ‘डेली स्टार’ का अनुसार, महमूदुल्लाहमा चाँडै अर्को परीक्षण गरिने छ र उनको रिपोर्ट सार्बजनिक गरिने छ ।
पीएसएल लिग तालिकामा शीर्ष स्थान पाउने मुल्तान सुल्तानले मोहन अलीको विकल्पका रूपमा महमुदुल्लाहलाई टीममा समावेश गरेको थियो त्यस्तै क्रिस लिनको विकल्पको रूपमा तामीम इकबाललाई लाहौर कलंदरले पनि आफ्नो टीममा समावेश गरेको छ ।





















प्रतिक्रिया