Logo

मस्कको विद्युतीय कार उत्पादन गर्ने टेस्लाले लियो मदिरा, सार्वजनीक गरेको केही घण्टामै स्टक आउट



स्पेस एक्स तथा विलासी विद्युतीय कार र टनेल बोरिङ ट्रान्सपोर्टेशन भेन्चरका कारण संसारले चिनेका उद्यमी एलन मस्कले मदिरा पनि बेच्न शुरु गरेका छन् ।
मस्कको विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ‘टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको हो । टेस्लाका सीईओ मस्कले उपभोक्तासँग दुई वर्षअघि गरेको बाचा अनुसार ‘टेस्ला टकिला’ लञ्च गरेको बताएका छन् । 

उनले सन् २०१८ मै ट्विटरमा सम्भावित बनोट सहितको फोटो पोष्ट गर्दै ‘टेस्लाकिला’ ब्रान्डमा चाँडै आउँदैछ भन्ने आशयको पोस्ट गरेका थिए । यद्यपि मस्को त्यो पोस्ट अप्रिल फुलका दिन भएकाले अधिकांशले त्यसलाई ठट्टाका रुपमा लिएका थिए । तरपनि अहिले लञ्च भएको बोलट पहिला पोष्ट गरेको भन्दा फरक छ । 

अहिलेको बोटल ७५० मिलिलीटरको रहेको छ । भने २५० अमेरिकी डलर मूल्य राखेर सार्वजनिक टेस्ला टकिला यसले आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको हो । यो सार्वजनिक गरेको केही घन्टाभित्रै सबै बिक्री भइसकेको सूचना राखेको थियो । 

दुई बोटलभन्दा बढी अर्डर गर्न नपाइने र निश्चित अमेरिकी शहरहरुमा मात्र उपलब्ध हुने जनाउँदासमेत यो अत्यन्त चाँडै बिक्री भएको थियो ।

मस्कले दुई वर्ष लगाएर पूरा गरेको यो परियोजनाका लागि विश्वको चर्चित मदिरा उत्पादक ‘नोसोट्रोस टकिला’ (साउदर्न क्यालिफोर्निया) ले उत्पादन गरेको हो । फ्रेन्च ओक  ब्यारेलमा १५ महिना एजिङ गरिएको टेस्ला टकिलामा ४० प्रतिशत अल्कोहल रहेको छ ।

बिजनेस इनसाइडरका अनुसार, नोसोट्रोस टकिलाले उत्पादन गरेको चार महिना कम (११) एजिङ गरेको यही गुणस्तरको टकिला भने ४५ अमेरिकी डलरमा बिक्री गरिरहेको छ । तर सोही उत्पादन टेस्लाको ब्रान्ड लेबल हुँदा पाँच गुणाभन्दा बढी मूल्यमा पनि हारालुछ बिक्री भएको बताइएको छ ।

मस्कलले यसअघि पनि गर्मीको पहिरन ‘सर्ट्स’ र क्यापका साथै गनको डिजाइनमा ‘फ्लेम थ्रोअर’(आगोको मुस्लो फ्याँक्ने हाते उपकरण) समेत उत्पादन गरेका थिए । 
उनले टनेल बोरिङ ट्रान्सपोर्टेशनसम्बन्धी ‘द बोरिङ कम्पनी’ को ब्रान्ड नाममा ‘फ्लेम थ्रोअर’ बिक्री गरेका थिए । बोरिङ ब्रान्डमै ५० हजार क्याप उत्पादन गरेर बिक्री गरेका मस्कले सर्ट्स पनि सीमित संख्यामा बजार पठाएका हुन् । 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार