Logo

कर्णाली प्रदेश

एनपीएलमा कर्णाली याक्सको पहिलो जित



काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ ।

बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।

चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २-२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारे ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १२:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।