Logo

रूपन्देही र पर्सामा सवारी दुर्घटनामा दुईको मृत्यु



रूपन्देही र पर्सामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ मा स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा  स्थानीय ५५ वर्षीय शिवप्रसाद पौडेलको उपचारको क्रममा ज्यान गएको छ । 
 
पौडेलले सिक्दै गरेको लु ६१ प २१८५ नम्बरको स्कुटर अचानक पल्टिँदा गम्भीर घाइते भएका थिए । घाइते पौडेलको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका-२७ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा ट्याक्टर चालक पर्साकै बहुदरमाई नगरपालिका-३ का उमेशप्रसाद यादवका १२ वर्षीय छोरा विवेककुमार रहेका छन् ।
 
आइतबार दिउँसो ३ बजे लु ३ त ६४६ नम्बरको ट्याक्टर नहरको पुलबाट पल्टिँदा इन्जिनको भागमा च्यापिएर बालकको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार