निर्मल लामिछाने।
इण्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आउँदो मङ्गलबार फाइनल खेल हुँदैछ ।
युएईको दुवई स्थित दुवई इन्टरनेशनल क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार आउँदो मङ्गलबार बेलुकी ७:४५ बजे साबिकको बिजेता मुम्बई र आइपीएल इतिहासमा पहिलो चोटी फाइनलको यात्रा तय गरेको दिल्ली उपाधिको लागि भिड्दै छन् ।
आइपीएल इतिहासमा मुम्बई सर्बाधिक धेरैपटक उपाधि जित्ने क्लव हो । हालसम्म ४ पटक उपाधि जितिसकेको मुम्बईलाई हराउन दिल्लीले निकै कडा मेहनत गर्नु पर्ने देखिन्छ । यसै वर्ष यसअघि भएका खेलहरुमा मुम्बई हावी भएको देखिन्छ, हाल सम्म समुह चरणमा २ पटक र प्लेअफ़ को पहिलो क्वालिफायरमा एक पटक भएका खेलहरु सबैमा मुम्बईले जित निकालेको छ ।
गए राति हैदरवादलाई हराएर उच्च मनोबल बनेको दिल्लीको कप्तानी श्रेयस ऐयर ले गर्दै आएका छन् भने, मुम्बईको कप्तान रोहित शर्मा रहेका छन् । यदि यो पटक दिल्लीले आइपीएल जितेमा लिग इतिहासमा नयाँ च्याम्पियन बन्नेछ ।
दिल्लीमा यतिबेला शिखर धवन, मार्कस स्टोनिस, सिम्रन हिट्मायर र अक्सर पटेल ब्याटिङतर्फ फर्ममा रहेका छन् भने मुम्बईको लागि क़्वाण्टन डि कक, किरण पोलार्ड, सूर्यकुमार यादब र हार्दिक पाण्डेयले बिस्पोटक ब्याटिङ गर्दै आएका छन् । त्यस्तै बलिङतर्फ कगीसो रबडा, रविचन्द्र आश्विनले दिल्लीको प्रतिनिधित्व गर्नेछन् भने मुम्बईको लागि जसप्रित बुम्राह र ट्रेन बोल्टको जोडीले जादु चलाँउदै आएका छन् ।




















प्रतिक्रिया