Logo

धर्मनिरपेक्ष लगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ : सभामुख सापकोटा



सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको खुलासा गरेका छन् ।

गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा सभामुख सापकोटाले धर्मनिरपेक्षता लगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको बताए।

उनले सवै आन्दोलनलाई शान्तिपूर्ण रुपले संस्थागत गर्न सकेकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सजक भएर अघि बढ्नुपर्ने समय आएको दावी गरे।

त्यस्तै, नेकपा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानलाई बलियो बनाउनुपर्ने भन्दै कमी कमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने बताए । नेपाली भूमिलाई नक्सामा समावेश गर्दा सवै राजनीतिक दल एक ठाउँमा उभिएको भन्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन पनि सवै दल एक हुनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार