Logo

भ्यालेन्सियासँगको हारपछि रियलका प्रशिक्षक जिदानले भने, ‘हारको जिम्मा म लिन्छु’ 



एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिदाने जिदानले भ्यालेन्सियासँगको लज्जास्पद हारको जिम्मेवार आफूले लिने बताएका छन् । पछिल्ला केहि खेलमा ला लिगामा लयमा देखिएको रियल आइतबार भ्यालेन्सियासँग  ४–१ ले पराजित भएको छ ।

करिम बेन्जेमाको गोलबाट अग्रता लिएको रियलले बाँकी समयमा ४ गोल व्यहोरेको थियो ।

खेलपछि कुराकानी गर्दै जिदानले भने ‘गोलपछि हामी रक्षापक्तिमा पूर्ण रुपमा असफल भयौं । हामीले जसरी खेलिरहेका थियौं त्यसमा पनि परिवर्तन भयो,’ ‘हाम्रा लागि सबै भयो । साच्चै भन्नुपर्दा हामीलाई खेल बुझ्न नै कठीन भयो । तर , त्यो सबैको जिम्मेवार म हो । मैले समस्याको समाधान निकाल्नुपर्दछ ।’

खेलपछि हारमा कुनै वहाना गर्न नमिल्ने पनि जिदानले बताए । ‘पहिलो गोलपछि हाम्रो रक्षापंक्तिले लय गुमायो । सबै गल्ती एकैपटक भयो,’ उनले भने, ‘साँचो भन्नुपर्दा हाम्रो रक्षापपंक्तिले  कसरी खेलिरहेको थियो भन्ने नै थाहा छैन ।’

रियलका पहिलो रोजाईमा रहेका इडेन हाजार्ड र कासिमेरोलाई कोरोना संक्रमण भएपछि इस्को र मार्सेलोलाई पहिलो रोजाईमा राखेका थिए । त्यो निर्णयको भने जिदानले बचाउ गरे । उनले भने, ‘यसमा पछुताउनु पर्ने केहि छैन । सबै रियलका खेलाडी हुन् र मैले पहिलो रोजाई छानें ।’

आइतबारको हारअघि च्याम्पियन्स लिगसहित ला लिगामा गरि ४ खेलम रियल अपराजित रहेको थियो भने  ८ खेलमा ५ जित १ बराबर र २ हार बेहोरेको रियल १६ अंक सहित अंक तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै ला लिगाको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमश: रियल सोसिडाड (२० अंक), भिल्लारियल (१८) र एट्लेटिको म्याड्रिड (१७)  रहेका छन् । त्यस्तै रियलको प्रतिदवंदी बार्सिलोना ११ अंकसहित आठौं स्थानमा छ ।

real madrid.jpg

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ५ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।