Logo

मेलम्चीकाे पानी मङ्सिर दोस्रो सातादेखि सुरुङमा पठाइने



मेलम्चीकाे पानी यही मङ्सिर दोस्रो सातादेखि सुरुङमा पठाइने (पथान्तरण गरिने) भएको छ ।  यसअघि पनि गत असारमा सुरूङमा पानी पथान्तरण गरिएकाेमा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएकाे थियाे ।  साे क्रममा एक मजदूर बगेर बेपत्ता भएका थिए । अहिले फेरि दोस्रोपटक पानी पथान्तरण गर्न लागिएकाे हाे ।

खानेपानी मन्त्रालय स्राेतका अनुसार पहिला फुटेकाे गेग मर्मत गरेर सबै तयारी पूरा गरी पानी पथान्तरण गर्न  लागिएको हाे । तर सुरूङ भरिएर पानी काठमाडाैँकाे सुन्दरीजलमा आइपुग्न भने २ महिना लाग्ने जनाइएकाे छ ।

सुरुङकाे फिनसिङ लगायत सबै काम सकिएको र सुरुङमा चारवटै गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको जनाइएकाे छ । तर  हेडवर्क्सको काम भने बाँकी नै रहेकाले हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ । सुरुङ परीक्षणसँगै हेडवर्क्सको पनि काम अघि बढिरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ९ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।