Logo

कोरोना संक्रमणमुक्त भए, एन्फा अध्यक्ष शेर्पा



अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा आजबाट कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन्  ।

अध्यक्ष शेर्पाले मंगलबार बिहान सामाजिक सन्जाल फेसबुकमार्फत कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले सोमबार भएकोकोरोना परिक्षणको नतिजा नेगेटिभ देखिएको र कोरोना संक्रमणको अवस्थामा स्वास्थ्य लाभको कामना गर्न सबै शुभचिन्तक र आफन्तहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

गत कार्तिक ६ गते कोरोना पुष्टि भएपछि अध्यक्ष शेर्पा  सेल्फ आइसोलेसनमा रहेका थिए । कोरोना संक्रमणमुक्त भए, एन्फा अध्यक्ष शेर्पा 

प्रकाशित मिति : कार्तिक २४, २०७७ मंगलबार  १० : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।