Logo

काठमाडौं उपत्यकामा अझै सवारी साधनमा जोरबिजोर प्रणाली लागु, दैनिक ७ सयभन्दा बढी सवारी कारबाहीमा



विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरि नेपाल सरकारले गत साउन २२ गतेबाट लागू गर्दै आएको उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हटेको  छैन । सबारीसाधन बाहेकका अन्य क्षेत्रहरु निर्वाधरुपमा खुले पनि सवारीको जोरबिजोर प्रणाली भने अझै लागु भैरहेको छ ।

आजभोली सडकमा खटिएका ट्राफिक प्रहरीहरुले अझै पनि  सडकमा चेक प्वाइन्ट राखेर सवारी साधनको नम्बर प्लेट हेर्ने गरेका छन् । तर, पहिलेको तुलनामा चेकिङमा केही कमी आएको देखिन्छ ।  अन्य क्षेत्र निर्वाध रुपमा संचालन भैरहेको तर सवारी साधनमा भने जोरबिजोर प्रणाली यथावद रहँदा दैनिक कार्यालय, व्यापर व्यवसायमा लाग्नेहरुलाई भने समस्या परेको छ । जोर बिजोरको अवज्ञा गरेर सवारी साधन गुडाएमा कारबाहीमा परिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने अनुसार ‘नियम अहिले पनि लागू छ यदि कसैले नियम नमाने हामी सवारी साधन होल्ड गरेर राख्छौं । अनि बेलुका ७ बजे पछि  मात्र छोड्ने गरेका छौं,’ 

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमित थपिने दर उच्च रहेको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यापार व्यवसायदेखि अन्य क्षेत्र संचालनमा आउँदा सवारी साधनको जोरबिजोर प्रणाली हट्न भने  सकेको छैन ।

आजभोली ट्राफिक प्रहरीले दैनिक ७ देखि ८ सयवटा सवारी साधन जोर बिजोरको अवज्ञा गरेर गुडाएको  भन्दै कारबाही गर्ने गरेको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ११ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।