मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।
मंगलबार तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।




















प्रतिक्रिया