Logo

अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन



अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली नभएको जनाइएको छ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले निर्वाचनमा अनियमितता नभएको प्रस्ट पारेका छन् । 

तेह्र मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षकले अमेरिकाको राज्यहरु मेरिल्यान्ड, आयोवा, जोर्जिया, मिचिगन र डिस्ट्रिक अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका जनाएका छन् ।

चुनाव शान्तिपूर्ण भएको र हुलाकबाट प्राप्त मतहरु एकदमै सुरक्षित र व्यवस्थित रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्धा दायर गरेका छन् ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार