Logo

लक्ष्मीपूजामा विशेष योजना, भारतबाट विद्युत आयत गरेरै भएपनि लोडसेडिङ हुन नदिने



बर्षभरीमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ । कुनै कुनै बाहेक अधिकांश बर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत ब्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुने गरेको छ ।

आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ ।तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस भनेर विशेष योजना बनाएको प्राधिकरणले जनाएको छ ।

चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गराएका थिए । विद्युत प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाएको बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ८ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।