Logo

भारतको राजस्थानमा निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु



भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ।मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन् । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन् ।

घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ । मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०/४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन्। मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिइने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ०८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।