Logo

शेयर बजार

सूर्या लाइफ इन्स्योरेन्सले सेयरधनिलाई लाभांश वतरण गर्ने



सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लोआर्थिक वर्षको नाफाबाट सेयरधनिलाई लाभांश वतरण गर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिका मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै इन्स्योरेन्सले बोनस र नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समिति तथा इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरेपछि लगाउनीकर्ताले पाउनेछन् ।

२ अर्ब १५ करोड ५१ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ नाघ्नेछ ।

आर्थिक वर्ष २०७४७५ मा इन्स्योरेन्सले १२ प्रतिशत बोनस वितरण गरेको थियो । अहिले बोनस ७ प्रतिशत घटाएर प्रस्ताव गरिएको हो ।

surya life.jpg

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार