गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा ४७०.४० प्रतिशत ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ३ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ४०.१५ प्रतिशत ले बढेर १ करोड ३६ लाख ३४ हजार रुपैयाँ पुगेकोछ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९७ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । गत वर्ष ६ लाख १६ हजार रुपैयाँ रहेको संस्थाको सञ्चालन नाफा यो वर्ष ३५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा संस्थाको खराब कर्जा ०.५७ प्रतिशत ले बढेर ३.३२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा २.७५ प्रतिशत थियो । यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८३ पैसा रहेको छ ।
कार्तिक २६, २०७७ बुधबार
0
Shares
प्रतिक्रिया