काठमाडौँ । नेपाल टेलिकमको इन्टरनेट सेवामा मंगलबार बिहानदेखि समस्या देखिएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सेवा प्रदायकमध्ये एकको नेटवर्कमा समस्या उत्पन्न भएपछि इन्टरनेट सेवामा अवरोध भएको जनाएको छ।
बिहान १ः३० बजेबाट देखिएको समस्यापछि सम्पूर्ण डेटा ट्राफिक वैकल्पिक सेवा प्रदायकमार्फत सञ्चालन भइरहेकोले अत्यधिक चापको कारण इन्टरनेट स्पीडमा प्रभाव परेको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार समस्या समाधान गरी सेवा यथाशीघ्र सामान्य बनाउने प्रयास तीव्र रुपमा जारी रहेको छ।
अप्रत्याशित रुपमा उत्पन्न समस्याका कारण सेवाग्राहीमा परेको असुविधाप्रति नेपाल टेलिकमले खेद प्रकट गरेको छ।




















प्रतिक्रिया