Logo

समाचार

मलेशियामा एक नेपाली महिलालाई प्रेमीले हत्या



मलेशियामा एक नेपाली महिलालाई प्रेमीले हत्या गरेका छन् । हत्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ ।  युवतीको ह त्यापछि युवक बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।

घटना मलेशियको केलाङ स्थित एक रेष्टुरेन्टमा भएको हो । ती युवती सोही रेष्टुरेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार