Logo

सिभिल लघुवित्तको नाफा १० दशमलव ९४ प्रतिशतले घट्यो



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिभिल लघुवित्तले ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १० दशमलव ९४ प्रतिशतले नाफा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । सिभिल लघुवित्तले गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ६ दशमलव ६० प्रतिशतले बढेर २ करोड ३६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड २२ लाख ११ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा ४ दशमलव ५७ प्रतिशतले बढेर ६३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ६१ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

संस्थाले यसअवधिमा ४३ करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ५२ करोड ५९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  १२ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।