Logo

अर्थ

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ४८.२९ प्रतिशत बढी हो । लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थियो ।

गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशत, कमिसन आम्दानी १.२३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.४८ प्रतिशत बढेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको वित्तीय विवरणमा देखिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १६:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।