Logo

शेयर बजार

स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, २३ दशमलव २ प्रतिशतले बढ्यो



स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको भने संस्थाले २३ दशमलव २ प्रतिशत कमले नाफा गरेको थियो । अर्थातगत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोडले ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी भने ६ करोड ८४ लाख रुपैयाँबाट घटेर ४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । असोजसम्म कम्पनी १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसले ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल यसको चुक्ता पुँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ करोड ९१ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ २८ पैसा रहेको छ । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार