Logo

भीरबाट लडेर एक नेपाली सेनाको ज्यान गयो



जाजरकोटमा भीरबाट लडेर एक बुधबार सैनिकको मृत्यु भएको छ । कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको ब्यारेक फर्कने क्रममा बुधबार राती मृत्यु भएको हो ।

सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए । बेलुका ब्यारेक पुगेका बोहरालाई सेनाको चेक प्वाइन्टले मादक पदार्थ सेवन गरेको भन्दै प्रवेशमा रोक समेत  लगाएको थियो । 

ब्यारेक जाने क्रममा राती लडेर घाइते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए तर अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  २ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।