Logo

बक्सिङमा ५४ बर्षीय टाइसन ५८ वर्षका होलिफिल्डसँग भिड्न डराए



एजेन्सी, ५४ वर्षका माइक टाइसनलाई ५८ वर्षका इभान्डर होलिफिल्डसँग बक्सिङमा प्रतिस्पर्धा गर्न डर लागेको भन्ने आरोप लागेको छ । हाल टाइसन सहयोगार्थ उद्देश्यका साथ आयोजना गर्न लागिको बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका छन् ।

माइकले यसै महिनाको २८ तारिखमा ५१ वर्षका रोय जोन्ससँग प्रतिस्पर्धा गर्नेछन् । खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको जनाएको छ ।

उनले होलिफिल्डलाई छाडेर रोय जोन्सलाई प्रतिस्पर्धीको रुपमा छानेको जनाइएको छ।

टाइसन यसअघि होलिफिल्डसँग दुईपटक पराजित भएका थिए । सन् १९९६ र १९९७ मै टाइसनले होलिफिल्डको कान टोकेका थिए । यद्यपी उनी होलिफिल्डसँग पराजित भएका थिए ।

होलिफिल्ड पनि यतिबेला सहयोगार्थ खेलका लागि प्रशिक्षण गरिरहेका छन् । उनको प्रतिस्पर्धी भने तोकिन बाँकी छ ।

टाइसनले होलिफिल्डसँग खेल्न नमानेपछि टाइसन डराएको भनेर हल्ला चलेको छ । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार