Logo

प्रमुख समाचार

ज्यान जाेगाएर भागेका प्रहरी भन्छन्: हाम्राे सबै सामान जलेकाे छ, सुकुम्बासी भयाैं



काठमाडौं । जेनजी आन्दाेलनकाे निशानामा परेका प्रहरीहरू ड्युटीमा खटिन आफूहरूसँग केही सामान नभएकाे गुनासाे गरेका छन् ।

आन्दाेलनकारीले प्रहरी कार्यालय,चाैकीहरू जलाइदिएपछि आफूहरूले महत्वपूर्ण कागजातलगायतकाे सामान निकाल्न नपाएको गुनासाे गरेका हुन्।

अहिले ज्यान जाेगाउन मात्रै सकेकाे बसपार्क प्रहरी चाैकीमा कार्यरत एक प्रहरीले बताए । उनी भन्छन्, ‘हामीसँग केही पनि छैन ।

एकसराे लुगामा बसिरहेका छाैं । चाैकीमा भएकाे सामानहरू केही निकाल्न पाएनौं ।’

उनका अनुसार चाैकीमा नागरिकता, ड्रेस, आइडिकार्ड, एटीएम, पैसा सबै जलाइदिएकाे छ । अहिले आफूहरूकाे हालत सुकुम्बासी भन्दा खराब रहेकाे उनले बताए ।

चाैकी जलेपछि आफूजस्तै अरू साथीहरू आफन्तकाे शरणमा रहेकाे ती प्रहरी जवानले बताए ।

एटिएम समेत नभएपछि अहिले बेखर्ची भएकाे उनीहरूले बताएका छन् । यस्ताे अवस्थामा आफूहरू काममा फर्कन सक्न मनस्थिति नरहेकाे उनीहरूकाे भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ००:०४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।