Logo

प्रमुख समाचार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सकिने व्यवस्था संविधानमै छ: गान्धी पण्डित



काठमाडौं । वरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले मुलुकको वर्तमान राजनीतिक सङ्कटको संवैधानिक निकास संविधानकै प्रावधानभित्र रहेर सम्भव हुने बताएका छन्। उनका अनुसार अहिले कायम संविधानमा रहेको धारा ७६, ७७ वा ३०५ मार्फत अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न सहज नदेखिए पनि संविधानको धारा ६१ र धारा २७३ को प्रयोगमार्फत समाधान निकाल्न सकिने अवस्था छ।

पण्डितले भने, “संविधानको धारा ६१ बमोजिम राष्ट्रपती संविधानका संरक्षक भएकाले धारा २७३ अनुसार सङ्कटकाल घोषणा गर्न सक्नेछन्। सङ्कटकाल घोषणा भएपछि धारा ७६ र ७७ निलम्बन हुने भएकाले सोही क्रममा राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न आदेश जारी गर्न सक्नेछन्।”

उनका अनुसार अन्तरिम प्रधानमन्त्री नियुक्त भइसकेपछि धारा २७३(१३) बमोजिम सङ्कटकाल फिर्ता लिन सकिन्छ र त्यसपछि धारा ३०५ अनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्न सिफारिस गर्न सक्ने व्यवस्था छ।

पण्डितले यो विधि नै हालको संवैधानिक निकास दिने सबैभन्दा उत्तम विकल्प भएको दाबी गरेका छन्। उनले यो विषयमा हालसम्म गम्भीर छलफल नभएको बताउँदै राष्ट्रपती र प्रधान सेनापतिलाई सो धाराबारे सुझाव दिन चाहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार १३:११   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।