Logo

अनलाइनपाना खोज

एनआईसी एशिया बैंक डुबाएर निस्किए न्यौपाने, अझै निकालिएनन् कार्की



काठमाडौं । कुनै समयमा देशकै नम्बर वान बैंकको हैसियत बनाएको एनआईसी एशिया बैंक पछिल्ला वर्षहरूमा लगातार वित्तीय एवं व्यवस्थापकीय संकटमा छ। कमजोर तथा फितलो व्यवस्थापनका कारण संकटग्रस्त बनेको बैंक आर्थिक बर्ष २०८२/८३ को असार मसान्तसम्म सम्ममा संचालनमा रहेका २० वटा बाणिज्य बैंकहरुको सूचीको पुछरमा छ । बैंक ५.२ अर्ब घाटामा छ। यसको मूल कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने नै हुन्। जसका कारण उनी कार्यकाल बाँकी छँदै बाहिरिन बाध्य भए। अन्ततः उनी बैंकबाट निकालिए। यद्यपि उनको बहिर्गमनपछि बैंक सहि ट्र्याकमा आउनेछ अपेक्षा गरिएको छ।

तर, सिईओ न्यौपाने आफू बैंकको ईन्टरनल अडिटमा छँदा उनका सहयोगीका रुपमा काम गरेका दिपेन कार्कीले बैँकमै कार्यरत महिला कर्मचारीलाई पटकपटक दुर्ववहार गरेपछि प्रहरी हिरासतमै पुगे तर न्यौपानेकै जोडबलमा उनलाई पदबाट निकालिएन। उनी अझै बैँकको कम्पनी सचिव छन्। जबकी उनी बैँकमा रहँदा काम गर्न असुरक्षित भएकोले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै महिला कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन्।

सिईओ न्यौपानेका गैरकानुनी काममा सघाउने मात्र नभई महिलामाथि पटक–पटक दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतसम्म पुगिसकेका कम्पनी सचिव कार्की अझै पदमै रहिरहनु बैंकभित्र नैतिक पतनको स्पष्ट प्रमाणका रूपमा लिन सकिन्छ।

एनआईसी एशिया बैंकलाई नम्बर वान बनाउने भन्दै दोश्रो कार्यकाल पनि आँफै नेतृत्वमा बसेक न्यौपाने बैंकको नेतृत्व लिएको केहि वर्षभित्रै प्रमुख वित्तीय सूचकहरू तीव्रगतिमा ओरालो लाग्न सुरु भयो।

नाफा अप्रत्याशित रुपमा घट्नु, नियमविपरित बाँडिएका कर्जा नउठेपछि खराब कर्जा अनुपात तीब्र गतिमा बढ्नु, नयाँ कर्जा लगानी हुन नसक्नु, खराब व्यवस्थापनका कारण कर्मचारी- कर्मचारीबीच विवाद सिर्जना हुनु , बैंकप्रति ग्राहकको विश्वास नरहनु, नियामकिय नियमभन्दा बाहिर गएर मनपरी रुपमा बैँक चलाउनु, अल्पकालीन फाइदा हुने गरी बैंकजस्तो संवेदनशील संस्थालाई आक्रमक रुपमा चलाइनु उनका उपलब्धी थिए।

बैंक संचालक खुसी बनाउन गर्ने भन्दा नगर्ने काममा नियमविपरीत लागेकै कारण उनी वित्तीय क्षेत्रकै असफल सिईओको बिल्ला लिएर बैंकबाट निस्किए। बैंकको सञ्चालक समिति र उनीबीच लामो समयदेखि “पानी बाराबार” को अवस्था रह्यो।

बैंक स्रोतका अनुसार पछिल्लो केहि समय यता उनलाई कुनै पनि कार्यकारी अधिकार दिइएको थिएन।

सञ्चालक समितिले उनलाई बर्खास्त गर्ने तयारी बिहीवारको बैठकमा गरिरहेको थाहा पाएपछि न्यौपानेले बैठक बस्नुभन्दा अघि नै “घरायसी कारण” देखाउँदै राजीनामा बुझाएका हुन् । यसरी उनले बर्खास्तको अपमानजनक प्रक्रियाबाट जोगिन खोजे पनि उनको यो कदमलाई असफल नेतृत्वको परिणामका रूपमा हेरिएको छ।

किन अझै पदमै छन् कार्की ?

नेतृत्वको खराब प्रदर्शनले बैंकको वित्तीय अवस्था दिनानुदिन नाजुक भएपछि न्यौपाने बैँक छोड्न बाध्य भए । तर उनका गैर कानुनी काममा समेत सघाउँदै आएका कम्पनी सचिव कार्की अझै पदमा अडिनुले वित्तीय संकटसँगै बैँक नैतिक संकटमा पनि छ भन्ने प्रष्ट देखिएको छ। जुन कर्मचारी विनियमावली तथा वाफियाको प्रावधानविपरित छ।

कार्कीमाथि महिलामाथि दुर्व्यवहार गरेको गम्भीर आरोप छ। सोही अपराधमा कार्की प्रहरी हिरासतसम्म पुगेका थिए। जुन उनको अपराधको बलियो प्रमाण हो। तर, न्यौपानेको संरक्षणका कारण उनी अझै पदमै छन्। न्यौपानेको बहिर्गमनपछि उनको समेत राजिनामा आउने अनुमान गरिएको भए पनि उनी लाजै पचाएर अझै पद ओगटेर बसिरहेको बैंकका एक कर्माचारी बताउँछन्।

उनी भन्छन् – “अप्रत्यक्ष रुपमै भए पनि बैँकलाई धरासायी बनाउने सीईओलाई बर्खास्त गरियो । तर महिलामाथि दुर्व्यवहार गर्ने र नेतृत्वको गैरकानुनी कामलाई मलजल गर्दै वित्तीय अपराध गर्न उक्साउने कम्पनी सचिवलाई किन हटाइएन ? कार्की कानुनभन्दा माथि हुन् ?”

किन बोल्दैन राष्ट्र बैंक ?

न्यौपाने र कार्कीका बिषयलाई लिएर नियामक निकाय नेपाल राष्ट्र बैंकमा पटकपटक गुनासो गरिएका छन् । उजुरी दर्ता भएको छ। तर, यस विषयमा राष्ट्र बैंक व्यक्तिगत बिषय भएको भन्दै पन्छिँदै आएको छ। एनआईसी बैँकको चाकडी चाप्लुसी तथा प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिँदै आएका राष्ट्र बैँकका जुनियरदेखि सिनियर कर्मचारी समेत यस्ता जघन्य अपराधबारे कारबाही त परै जावस् प्रश्न गर्ने आँटसम्म गर्दैनन् । राष्ट्र बैंककै इमानदार कर्मचारीहरु एनआईसी एशिया बैंकको अपराध र नियामक निकायको मौनतालाइ – “नुनको सोझो” भन्ने गरेका छन्।

संकटग्रस्त अवस्थामा कसरी पुग्यो बैंक ?

आर्थिक बर्ष २०८२ असार मसान्तसम्म बैंकको वित्तीय अवस्थाबाट पनि न्यौपानेको असफलता स्पष्ट देखिन्छ।

अघिल्लो वर्ष (२०८०/८१) मा रु. ७०१.४ मिलियन नाफा कमाएको बैंकले २०८१/८२ मा उक्त नाफा घटेर रु. १६१.५७ मिलियनमा सिमित भएको छ। जुन करिब ७७% ले कमी हो। त्यस्तै बैंकको वितरण योग्य नाफा ५.२ अर्ब माइनस छ। यसबाट शेयरधनीलाई लाभांश दिन त परै जाओस्, पूँजी संरचना नै कमजोर बनाएको छ।

२०८२ असार मसान्तसम्म बैंकको कुल खराब कर्जा अनुपात ६.२८% पुगेको छ । अघिल्ला वर्षको तुलनामा निकै उच्च स्तर, जसले ऋण प्रवाहको गुणस्तरमा समस्या छ भन्ने प्रष्ट देखिन्छ।

खराब कर्जा ह्वात्तै बढेपछि बैंकले ९२% प्रोभिजन गरेको छ। कमिसनको चक्करमा धितो मूल्याकंनभन्दा कर्जा प्रवाह बढी गरेपछि बैंकबाट प्रवाह भएका अधिकाँस कर्जा निष्क्रिय बनेका छन्। यसले सञ्चालन खर्च बढाउँदै नाफा ह्वात्तै घटाएको छ।

छुटाउनु भयो कि ?

एनआइसी एशिया बैंकलाई विवादित बैंकरको अफर : ‘सिईओ बनाइदिनुस् नम्बर वान बनाईदिन्छु’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ०९:३२   :  बजे

684
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।