Logo

इटाली र बेल्जियम बिजयी



गए राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले इस्टोनियामाथि ४–० को सहज जित हाँसिल गरेको छ । इटालीलाई सहज जित दिलाउने क्रममा भिनसेन्जो ग्रिफोले २ तथा फेडरिको बर्नरडेस्सी र रिकार्डाे ओर्साेलिनीले समान १/१ गोल गरे ।

खेलमा पहिलो र दोस्रो हाफमा गरि समान २–२ गोल भएको थियो ।

 त्यस्तै हिजो नै भएको अर्को खेलमा शीर्ष बरीयतामा रहेको बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विट्जरल्याण्ड  माथि २–१ को  जित दर्ता गरेको छ ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार