Logo

प्रमुख समाचार

चार डीआईजीको बढुवा सिफारिस, हेर्नुहोस् को–को परे सूचीमा ?



काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले आज आइतबार सूचना प्रकाशित गर्दै रिक्त रहेका चार एआईजी पदमा बढुवाका लागि चार डीआईजीहरूको नाम सिफारिस गरिएको जानकारी दिएको हो ।

जसअनुसार सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर कुमार बिक रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार २३:५८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।